पूर्वन्यायाधीश फोरमले भन्यो– प्रधानन्यायाधीशको वार्ता आह्वान भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास

पूर्वन्यायाधीश फोरम, नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताको लागि गरेको आह्वान भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास भएको बताएको छ । 

पूर्वन्यायाधीश फोरम, नेपालले सोमबार काठमाडौंमा एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबराले वार्ताको लागि गरेको आह्वान न्यायको विचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास भएको प्रतिक्रिया दिएको हो । सो विज्ञप्ती न्यायालयको हितमा नरहेको फोरमको ठहर गरेको छ । 

विज्ञप्तीमा भनिएको छ, ‘आज मिति २०७८–७–२९ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट जारी गरिएको वार्ताका लागि आह्वान गरेको विज्ञप्ति न्यायका विचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास मात्र हो । यो न्यायालयको हितमा रहेको देखिँदैन ।’ 

पूर्वन्यायाधीश फोरम, नेपालका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्तिमा समस्या समाधानको निम्ति ‘आइसब्रेक’ गर्ने खालको कुनै कुरा नआएको टिप्पणी गर्दै विज्ञप्ति अल्मल्याउनको निम्ति फालिएको पासा मात्रै भएको बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १७:१९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया