न्यायाधीश–नेपाल बार छलफल निष्कर्षविहीन

प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा रहेका सर्वोच्च अदालतका ११ न्यायाधीश र नेपाल बार एसोसिएसन तथा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीचको सोमबारको छलफल निष्कर्षविनै टुंगिएको छ ।

छलफलमा नेपाल बारका तर्फबाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल र महासचिव लीलामणी पौडेल तथा सर्वोच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे सहभागी थिए ।

आन्दोलमा रहेकामध्ये पाँच न्यायाधीशले भने छलफल बहिष्कार गरेका छन् । सोमबार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफल पाँच न्यायाधीशले बहिष्कार गरेका हुन् ।

न्यायाधीशहरु कुमार रेग्मी, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडालले बारसँगको छलफल बहिष्कार गरेका हुन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बार एक महिनाअघिबाट आन्दोलनमा छ । न्यायाधीशहरुले पनि मुद्दा नहेरेर असहयोग आन्दोलन अघि बढाइरहेका छन् । 

आन्दोलनमा रहेका बार र न्यायाधीशबीच सोमबारदेखि छलफल सुरु भएको छ । सोमबार प्रधानन्यायाधीश जबराले विधिसम्मत वार्तामा आउन आह्वान गरेपछि उनीहरु छलफलमा जुटेका हुन् । आजको छलmलमा कुनै निष्कर्ष ननिस्किएपछि मंगलबार पनि उनीहरु छलफलमा बस्ने भएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १७:४५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया