फेरि रेल्वे अध्यादेश ल्याउने सरकारको तयारी
फरकधार / २९ कात्तिक, २०७८

सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ । सीमापार जयनगर–कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो । 



यसअघि २०७८ वैशाखमा अघिल्लो सरकारले रेल्वे अध्यादेश जारी गरेको थियो । तर, संसद अधिवेशन सुरु भएको ६० दिनभित्र पास नभएकाले सो अध्यादेश निष्क्रिय भएको थियो ।

अब यसअघि जारी भएको अध्यादेशमा केही पक्ष मात्रै परिवर्तन गरेर मस्यौदा तयार गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । नयाँ अध्यादेशका लागि मन्त्रालयले मस्यौदा तयार गरेर कानुन मन्त्रालयका रायका लागि पठाएको छ ।



सरकारले आवश्यक तयारी पूरा नगरेका कारण नेपाल ल्याइसकिएको रेल सञ्चालनमा आउन सकेको छैन । रेल चलाउन कानुनी व्यवस्थापनबाहेक अन्य सबैजसो तयारी सकिएको मन्त्रालयले जनाएको छ । 



अध्यादेश जारी भएपछि एक विशेष समारोह गरेर रेल सेवा सञ्चालनको सुरुआत गर्ने योजना सरकारको छ ।

  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार २२:४६:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया