नयाँ अध्ययनः भ्याक्सिनका दुवै डोज लगाए पनि फैलिरहेको छ कोरोनाभाइरस

विशेषज्ञहरुले गरेको एक नयाँ अध्ययनअनुसार भ्याक्सिनका दुवै डोज लगाए पनि कोरोनाभाइरस संक्रमण मानिसहरुमा व्यापक फैलिइरहेको छ । यो बेलायतमा गरिएको अध्ययन हो ।

बेलायतका सयौँ घरमा अध्ययन गरेर वैज्ञानिकले यो निष्कर्ष निकालेका हुन् । उनीहरुले दुवै डोज भ्याक्सिन लगाएकाहरु त्यही कारणले जथाभावी हिँड्न नहुने सुझाव पनि दिएका छन् ।

भ्याक्सिन लगाएका मानिसहरुबाट पनि नलगाएका मानिसहरुको जति नै कोरोनाभाइरस संक्रमण फैलिएको विशेषज्ञहरुले बताएका छन् ।

भ्याक्सिन लगाएका मानिसहरुमा कुनै लक्षण नदेखिए पनि उनीहरुले कोरोनाभाइरसलाई एक ठाउँबाट अर्को ठाउँमा वा एक मानिसबाट अर्को मानिसमा सारिरहेको यो अध्ययनको निष्कर्ष हो ।

भ्याक्सिन लगाएका मानिसले घरमा भ्याक्सिन नलगाएकालाई कोरोनाभाइरस संक्रमण सार्ने सम्भावना कम्तिमा ३८ प्रतिशत भएको र घरमा सबैले दुवै डोज भ्याक्सिन लगाएको भए कम्तिमा पनि २५ प्रतिशत सम्भावना फेरि संक्रमण हुने विशेषज्ञहरुले बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार ५:२५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया