इजलासमा बस्दै पाँच न्यायाधीश

सर्वोच्च अदालतका पाँच जना न्यायाधीश आज इजलासमा बस्ने भएका छन् । 

न्यायाधीशहरू तेजबहादुर केसी, वमकुमार श्रेष्ठ, कुमार रेग्मी, डा. मनोजराज शर्मा र डा. कुमार चुडाल इजलासमा बस्ने भएका हुन् । 

यसअघि उनीहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाे राजीनामा माग गर्दै आएका न्यायाधीशहरूसँगै थिए । सोमबारदेखि भने उनीहरू अलग हुने अवस्थामा पुगेका हुन् ।
 
यससँगै जबराको आचरणलाई लिएर भएको विवादमा न्यायाधीशहरू नै फरकफरक कित्तामा उभिने देखिएको छ । ८ कात्तिकदेखि यी पाँच जनासहितका न्यायाधीशहरूले जबराले तोकेको इजलास अवज्ञा गर्दै आएका थिए ।

उनीहरूले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ गरेका थिएनन् । 

तर, तीन सातापछि अवज्ञा गर्नेमध्येका पाँच न्यायाधीश इजलासमा बस्ने भएपछि बाँकी न्यायाधीशहरूको कदम के होला भनी चासोका साथ हेरिएको छ । 

कानुन व्यवसायीहरूको संगठन नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसन मातहतका अधिकांश कानुन व्यवसायीहरू आन्दोलित छन् । धर्ना दिनेदेखि अनेकन दबाबमूलक कार्यक्रम गर्दै आएका छन्  ।



कार्यपालिकासँग मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा जबराले भाग लिएको, न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनअनुसार न्यायालयमा देखिएको विकृति/विसंगती हटाउन नचाहेको र गुटबन्दी गर्ने गरेको आरोपको सामना गरिरहेका छन् । 

जसका कारण न्यायालयको गरिमामा क्षति पुगेको भन्दै चार जना पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश फोरमदेखि नागरिक समाजका अगुवाहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।



उनीहरूले जबरालाई राजीनामा दिन सुझाएका छन् ।
 

  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार ९:२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया