कर्णाली प्रदेशमा बजार बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द (विप्लव) का १६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
रुकुमपश्चिमबाट १२ र सुर्खेतबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ र ३ मा बन्द गराउँदै हिँडेका चार जना र रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ खलंगा बजारमा गुडिरहेका सवारी साधनका चाबी थुतिरहेको अवस्थामा विद्यार्थी संगठनका जिल्ला अध्यक्षसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।