नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दकाे प्रभाव प्रदेश १ मा आंशिक रूपमा परेकाे छ ।
बन्दका कारण लामो तथा छोटो दूरीका सार्वजनिक यातायात फाट्टफुट्ट मात्रै चलेका छन् । सडकमा सवारीका साधन कम चल्दा सर्वसाधारणले समस्या भोग्नु परेको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सडकमा अटो, सफारी भने प्रशस्त चलेका छन् । लामो दूरीका बस, माइक्रो र म्याजिक भेन न्यून मात्रामा चलेका छन् ।
सार्वजनिक सवारीका साधान कम चल्दा अटो तथा सफारीले तोकिएको भन्दा बढी शुल्क लिएकाे सर्वसाधारणकाे भनाइ छ ।
बन्दका कारण शैक्षिक संघ संस्थाहरू बन्द भएका छन् भने बजार पसल पनि आधाजसो बन्द अवस्थामा छन् ।
सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरू भने निर्वाध रूपमा सञ्चालनमा रहेका छन् ।
बन्दकर्ताहरू सडकमा नआए पनि हिजो माइकिङ गरेकाले बन्दका आंशिक प्रभाव परेको देखिएको छ । नेकपाका कार्यकर्ताहरूले हिजो बन्दको आह्वान गर्दै प्रदेशका ठूला शहरहरूमा माइकिङ गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।