थप ३७७ जनामा कोरोना संक्रमण, चारको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

गत २४ घण्टामा ६ हजार ५०५ जनाको पिसिआर र २ हजार ६४४  जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सो अवधिमा आरटी–पिसिआर र एन्टिजेन विधिबाट ९ हजार १४९ जनाको नमुना परीक्षण गर्दा मंगलबार ३७७ जनामा संक्रमण पुष्टि भएको हो। 

गत २४ घण्टामादेशका विभिन्न ठाउँमा गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ। 

गत २४ घण्टामा १७० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर हाल ७ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन्।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १६:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया