जनगणनामा अवरोध सिर्जना गर्नु गलत : तथ्यांक विभाग

तथ्याक विभागले राष्ट्रिय जनगणनाका क्रममा अवरोध सिर्जना नगर्न सबैमा अनुरोध गरेको छ । विभिन्न ठाउँमा जनगणना गर्न गएका गणकहरूमाथि अवरोध सिर्जना गर्ने काम भइरहेको भन्दै विभागले त्यस्तो नगर्न सबैमा अनुरोध गरेको हो ।

आफ्नो संस्थागत निर्णय अनुसारकै उत्तर दिन विभिन्न अभियान चलाइएको पाइएको भन्दै त्यस्तो नगर्न समेत अनुरोध गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै विभागले गणकहरूलाई विश्वास गर्न र सही तथ्यांक टिपाउन आम सर्वसाधारणमा आह्वान गरेको छ । 

गणकबाट सही तथ्यांक प्राप्त गर्न नसकिने भन्ने भ्रम फैलाएर संस्थागत निर्णय अनुसारकै उत्तर दिन भन्दै विभिन्न अभियानहरू चलिरहेका छन् । विशेषगरी सामाजिक सञ्जालमार्फत यस्ता अभियानलाई व्यापक रूपमा अगाडि बढाइएको पाइएको छ । 

जसले गर्दा विभिन्न जिल्लाहरूमा गणकहरूलाई जनगणना गर्न अवरोध सिर्जना गर्ने, विभिन्न भ्रममा पारेर गलत तथ्यांक टिपाउने जस्ता काम भइरहेका छन् । उक्त विषयमा विभागको गम्भीर ध्यानाकर्षण भएको भन्दै जनगणनाका प्रश्नावलीलाई अन्तिम रूप दिनेबेला सबै सरोकारवाला निकायसँग छलफल गरिएको विभागले स्मरण गराएको छ । 

तिनै छलफलबाट प्राप्त सुझावका आधारमा नै विषयगत समिति र प्राविधिक समितिमा समेत छmलफल गरेर मात्र अन्तिम रूप दिइएको विभागले जनाएको छ । 

विभागले राष्ट्रिय जनगणना २०७८ का लागि देशभर करिब ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक परिचालन गरेको छ । उनीहरू सबैलाई तालिम दिएर नै फिल्डमा खटाइएको भन्दै विभागले गणकहरूमाथि विश्वास गर्न समेत सबैमा अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १६:५६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया