कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले सुरुमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सिफारिस गरेका थिए ।
शाहीले कृषिमन्त्रीमा इच्छा देखाएपछि मुख्यमन्त्रीले उनलाई सोही मन्त्रालयको जिम्मेवारी दिएका हुन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
शाही नेपालको संविधानको धारा २६८ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त भएका हुन्। मन्त्रालयको भागबन्डा नमिलेपछि तोकिएको समयभन्दा डेढ घण्टा ढिलो गरी पद तथा गोपनीयताको शपथ गराइएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।