बार एसोसिएसन आन्दोलनका थप कार्यक्रम सार्वजनिक

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आन्दोलनको कार्यक्रम थप गरेको छ । मंगलबार साँझ बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले आगामी शुक्रबार सम्मका लागि आन्दोलनको कार्यक्रम थप गरेको हो ।  

आगामी आन्दोलनमा सर्वोच्च अदालतअगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देशभरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । मंसिर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । 

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेपाल बारनका महासचिव लीलामणि पौडेलले मंसिर ३ गते संसदमा रहेका सबै दलको कार्यालयमा ज्ञापनपत्र बुझाउने जानकारी दिए । यस्तै, नेपाल बारले प्रधानन्यायाधीशविना संवैैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । 

यस्तै, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिलेसम्म गरेका विवादित फैसलासम्बन्धी कागजपत्र संकलन गरी अध्ययन गर्ने निर्णय गरेको छ । नेपाल बारले आन्दोलनमा कालोकोट लगाएका राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट परेको छ । 

बारले यसप्रकारको भ्रामक समाचारको विश्वास नगर्न आग्रह गरेको छ  । साथै, सर्वोच्च अदालत र नेपाल बारको परिसरमा अर्धसैनिक बल प्रवेश गराई विरोध गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै निन्दा गर्ने निर्णय गरेको छ । 

नेपाल बारले आन्दोलन अवधिभर प्रधानन्याया​धीश उपस्थित सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ । यस्तै, न्याय परिषद् र न्याय सेवा आयोगका पदाधिकारीलाई बैठकमा सहभागी नहुन नेपाल बार एसोसिएसनले अनुरोध गर्ने निर्णय गरेको छ । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार २१:१३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया