क्यालिफोर्नियामा फैलिएकाे आगलागीमा परी ४२ जनाको मृत्यु

एजेन्सी– अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा लागेको भिषणमा आगोमा परी अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ । यो राज्यको इतिहासमै आगलागीको सबैभन्दा भयावह घटना भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जंगलमा लागेको आगोका कारण घर, गाडी जलेर खरानी भएका छन् । जसमा रहेका धेरै मानिसहरुको आगोमा परेर मृत्यु भएको छ । 

रेस्क्यु टिमले जलेका गाडी तथा घरबाट मानिसका शवहरु झिकिरहेको सञ्चारमाध्यमले जनाएका छन् । सरकारी अधिकारीका अनुसार अधिकांश मानिसहरु भाग्न नभ्याएर आगोमा जलेको भेटिएका छन् । 

आगलागीमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । आगोका कारण लगभग २७ हजार बस्ती भएका शहर पूर्ण रुपमा जलेको छ । मानिसको शव पहिचानका लागि डिएनए टेस्टका साहरा लिन परेको बताइएको छ ।  





  • प्रकाशित मिति : कात्तिक २७, २०७५ मंगलबार १३:१२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया