नेपाली कांग्रेसको पालिका अधिवेशन अन्तर्गत धनगढी उपमहानगर कमिटीको सभापतिमा यज्ञराज उपाध्याय निर्विरोध चयन भएका छन् ।
बुधबार भएको धनगढी उपमहानगरपालिका स्तरीय अधिवेशनले उपाध्यायलाई निर्विरोध चयन गरेको हो । धनगढी उपमहानगर कमिटीमा उपाध्याय बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन भएकाे कांग्रेस कैलाली महाधिवेशन प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए ।
उपाध्याय निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष समेत छन् । उपाध्याय यसअघि नगर कमिटीको सचिवका रुपमा काम गर्दै आएका थिए ।
उपाध्याय नेपाल विद्यार्थी संघबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । नगरका लागि अन्य पदाधिकारीमा भने सहमति जुट्न सकेको छैन् । सहमतिको प्रयास भने जारी रहेको कांग्रेसले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।