काठमाडाैं– भर्खरै मात्र मन्त्रीपदबाट बर्खास्त भएका केशव स्थापितलाई भेट्न पुगेका सांसदको गाडीमा ढुंगा प्रहार भएको छ । सोमबार स्थापितलाई भेट्न उनको घर बौद्ध पुगेका प्रदेश सांसद गणेश दुलालको गाडीमा ढुंगा प्रहार भएको हो ।
दुलाल चढेको बा १९ च ४९८ नम्बरको गाडीमा ढुंगा प्रहार गरिएको हो । दुलालको गाडीसँगै अर्को गाडीमा पनि ढुंगा प्रहार गरिएको थियो । ढुंगा प्रहारबाट दुवै गाडीको अगाडीको सिसामा क्षति पुगेको प्रहरीले बताएको छ ।
गाडीमा ढुंगा प्रहार गर्ने पासाङ दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको बताएको छ । उदयपुर घर भएका शेर्पालाई प्रहरीले मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । शेर्पा डिस्कभर मोटरसाईकलमा सवार भएर ढुंगा प्रहार गर्न आएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।