logo-img

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा उनले ५० मत प्राप्त गरे । 

आज भएको मतदानमा सभामुखबाहेक ७९ जना सहभागी रहेका थिए । सहभागीमध्ये ५० जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् । २९ मत विपक्षमा परेको छ । 

कार्तिक १६ गते मुख्यमन्त्री बनेका राईले गएको आइतबार विश्वासको मत लिनका लागि प्रदेश सभामा सूचना दर्ता गराएका थिए । संविधानको धारा १६८ उपधारा ४ बमोजिम राखेको प्रस्तावको पक्षमा ५० मत परेकाले तत्काल रहेको सदस्य संख्याको आधारमा सो मत बहुमत भएकाले सभामुख प्रदीपकुमार भण्डारीले उनले विश्वासको मत पाएको घोषणा गरे । 





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया