प्रधानन्यायाधीशका विवादित फैसला संकलन गर्दै बार, राजीनामापछि पनि सम्पती छानविन गर्ने

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसलागरी अन्यायमा पारेकाहरूलाई ति फैसला उपलब्ध गराउन आव्हान गरेका छन् । 

नेपाल बार एसोसिएसनले बुधवार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई अन्यायमा परेको फैसला बारलाई उपलब्ध गराउन आव्हान गरेका हुन् । 

प्रधानन्यायाधीश जबराको राजीनामा पछि पनि सम्पती विवरण संकलन गरीने र छानविन हुने दाबी उनले गरे । 

‘चोलेन्द्र शमशेर जबराले ऊसँग जोडिएका विकृतिका विवादित फैसलाहरू नेपाल बार एसोसिएसनले संकलन गर्नका लागि आव्हान गरेको छ । तपाई साथीहरु ज–जसलाई यिनले अन्याय पारेका छन्, न्याय किनबेच गरेका छन्, ति फैसलाहरू नेपाल बार एसोसिएसनमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । र यिनको राजीनामा पश्चात पनि त्यो फैसला अनुसारको छानविन हुनेछ, उसको सम्पती विवरणहरू हामीले संकलन गर्नेछौँ,’ उनले भने । 

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकुल हुनेगरी काम भइरहेको आरोप समेत लगाए । जबराको निर्देशनमा बिचौलियाहरु बारको आन्दोलनविरुद्ध लागेको भन्दै उनले बारको आन्दोलन विरुद्ध नलाग्न चेतावनी दिए । 

‘कार्यक्रम बिथोल्ने किसिमबाट कुनै–कुनै ठाउँमा हाम्रो आव्हानको प्रतिकुलमा काम गरिराखेको, अदालतबाट त्यस्तो भइराखेको, प्रधानन्यायाधीशको निर्देशनमा त्यो काम भएको भन्नेकुरा हामीले जानकारी पाएका छौँ । खबरदार, चोलेन्द्र शमशेरको निर्देशनमा तपाईहरु दुईदिन टिक्नुहोला भोलिका दिनमा तपाईहरु बिचौलिया भएर हिँड्नुभयो भने तपाईंहरुको पनि खैरियत रहने छैन,’ अध्यक्ष श्रेष्ठले भने । 



उनले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन जारी राख्ने बताए । 

 



  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १५:५९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया