चालू आर्थिक वर्षको पहिलो तीन महिनामा शोधनान्तर घाटामा उच्च वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा उच्च घाटा देखिएको हो । सो अवधिमा शोधनान्तर घाटा ७६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोडले बचतमा थियो ।
चालू आर्थिक वर्षको सुरुवातमा भएको उच्च आयात र विदेशी मुद्रा आप्रवाहमा आएको संकुचनका कारण शोधनान्तर स्थिति उच्च घाटामा गएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार समीक्षा अवधिमा चालु खाता घाटा पनि उच्च बढेको छ । गत आवको पहिलो त्रैमासमा चालू खाता घाटा ३३ अर्ब ३८ करोड रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा बढेर १ खर्ब ५१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।