भन्डै १४ अंकले बढ्यो नेप्से

काठमाडौं– लामो समयदेखि लगातार ओरालो लाग्दै आएको सेयर बजार मंगलबार भने दोहोरो अंकले उकालो लागेको छ । मंगलबार नेप्से परिसूचक भन्डै १४ अंकले बढ्यो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९७ विन्दुले बढेर १ हजार २ सय ७ दशमलव ३१ विन्दुमा पुगेको छ । यस्तै,  ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ३१ विन्दुले बढेर २ सय ५६ दशमलव ८७ विन्दुमा पुगेको छ । 

नेप्सेमा उल्लेख्य वृद्धि भए पनि कारोबार रकममा भने खासै वृद्धि हुन सकेन । कुल १ सय ५० कम्पनीको १७ करोड ४१ लाख ५५ हजार ३ सय ९० मूल्यमा कारोबार भएको हो ।

कारोबार भएका नौ उपसमूहमध्ये मंगलबार वित्त उपसमूह मात्रै ओरालो लागेको छ । यो उपसमूहको परिसूचक शून्य दशमलव २५ विन्दुले घटेको छ भने बैंकिङ समूह १४ दशमलव ६९, होटल समूह ३६ दशमलव ५७, विकास बैंक समूह १२ दशमलव ५९, जलविद्युत् समूह शून्य दशमलव २८, निर्जीवन बिमा समूह ७५ दशमलव १४, अन्य समूह ६ दशमलव ५६, माइक्रोफाइनान्स समूह १० दशमलव ५८ र जीवन बिमा समूह ७७ दशमलव शून्य ९ विन्दुले बढेको छ । 

बढेको बजारमा उन्नति माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सप्तकोसी विकास बैंकका सेयरधनीले कमाएका छन् । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, हिमालयन पावर पार्टनर, एभरेस्ट इन्स्यारेन्स कम्पनीका सेयरनीले भने गुमाएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७५ मंगलबार १६:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया