के शशांकले सभापतिमा शेखरलाई समर्थन नगर्ने निर्णय गरेका हुन् ?

नेपाली कांग्रेसको १४ औं महाविधेशन आउन अब तीन साता मात्र बाँकी छ । यसअघि तोकिएको समयमा नहोला कि भन्ने आशंकाबीच कांग्रेसमा महाधिवेशनको माहोल खासै तातेको छैन । तर, अब महाधिवेशन तोकिएको समयमा नै हुने भए पछि विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षीहरुको रस्साकस्सी बढ्दै गएको छ । 

कांग्रेसमा कोइराला परिवारको विरासत पुरानो हो । अब फेरि कांग्रेसको नेतृत्वमा आउन कोइराला परिवारको दोस्रो पुस्ताले तयारी सुरु गरिसकेको छ । 

अहिले कोइराला परिवारबाट तीन जनाले कांग्रेसमा सभापतिको दाबी गरेका छन्– शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला ।

यहीबीच यी तीन कोइरालाले एक जनालाई मात्र सभापतिको उम्मेदवार बनाउन छलफल सुरु गरेका छन् । तर, तीन कोइरालबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने सम्भावना पनि कम हुँदै गएको कांग्रेसका नेताहरुले बताउन थालेका छन् । 

मंगलबार साँझ र बुधबार विहान यी तीन नेताहरुले छलफल गर्ने र साझा उम्मेदवारको टुंगो लगाउने तयारी थियो । तर, पूर्वनिर्धारित योजानअनुसार शशांक कोइरालाले शेखरलाई साथ नदिँदा यो योजना तुहिएको छ । 

‘शशांक कोइरालाले शेखर कोइरालालाई सभापतिमा समर्थन नगर्दा पनि अन्यथा नमान्दा हुन्छ,’ कांग्रेसमा शेखरनिकट मानिएका एक नेताले भने, ‘तर, शशांकले समर्थन नगर्दा पनि यसपटक सभापतिमा सबैभन्दा बलियो उम्मेदवार हुन्, उनले नै सभापतिमा जित्छन् ।’





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार २२:३५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया