ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाली महिला फुटबल

काठमाडौं– ओलम्पिक महिला फुटबलको एसियन छनोटमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । 

समूह चरणको अन्तिम खेलमा मंगलबार बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको नेपाल समूह  ‘सी’को तेस्रो स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको हो । 

यांगोनस्थित थुनुवा रङगशालामा भएको खेलमा नेपालले सुरुआती अग्रता लिएको थियो । नेपालका लागि निरु थापाले खेलको १७ मिनेटमा गोल गरिन् । 

अन्तिम समयमा नेपालले आफ्नो अग्रता कायम राख्न सकेन । दोस्रो हाफको इन्जुरी टाइममा बंगलादेशकी अखी खातुनले गोल फर्काएपछि पछि खेल बराबरीमा टुंगियो । 
बराबरीसँगै नेपाल ३ खेलबाट ३ अंक जोड्दै समूहमा तेस्रो भयो। नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यान्मारसँग १–१ कै बराबरी खेलेको थियो ।

समूहमा चार अंक जोडेको म्यान्मार शीर्ष र समान अंकको भारत दोस्रो स्थानमा छ ।

प्रत्येक समूहका उत्कृष्ट ३ टिम दोस्रो चरण प्रवेश गर्नेछन् । भियतनाम र उज्वेकिस्तान भने सिधै दोस्रो चरणमा पुगेका छन् ।



यो चरणमा १२ टिमबीच प्रतिस्पर्धा हुनेछ, जसलाई ३ समूहमा विभाजन गरिनेछ। समूह विजेता ३ टिम अर्को चरणमा प्रवेश गर्नेछन् ।



  • प्रकाशित मिति : कात्तिक २७, २०७५ मंगलबार १७:५५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया