प्रदेश १ः मुख्यमन्त्रीमा विश्वासको मत पाएसँगै राई अब सरकार विस्तार लाग्ने

बुधबारबारको प्रदेशसभा बैठकमा विश्वासको मत पाएका मुख्यमन्त्री राजेन्द्र राईले अब सरकार विस्तारको कामलाई अगाडि बढाउने भएका छन् । 

बुधबार प्रदेशसभामा उनको पक्षमा ५० सांसदले मत दिएका थिए । ९२ सदस्यीय प्रदेशसभामा उनको विपक्षमा २९ मत खसेको थियो । विश्वासको मत पाएसँगै अब राईले सरकार विस्तारलाई जोड दिने भएका छन् । यसका लागि उनी गठबन्धनका पाँच दलसँग छलफलमा जुटिसकेका छन् ।

यसअघि १६ कार्तिकमा मुख्यमन्त्री नियुक्त हुँदा राईले गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका सांसदलाई मन्त्री बनाएर पाँच सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । 

अबको एक साताभित्र मन्त्रालयहरु थपेर १५ सदस्यीयसम्म मन्त्रिमण्डल बनाउने तयारीमा राई लागेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता राईले मन्त्रिमण्डल विस्तारका लागि पाँच दलका नेताहरुबीच सहमतिको प्रयास गर्नु पर्ने र अगाडि बढ्नु पर्ने बताउँदै आएका छन् । तर, मन्त्री बन्ने आकांक्षी धेरै भएकाले उनलाई सरकारलाई पूर्णता दिन केही समय पक्कै लाग्ने छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार ६:१४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया