अभिनेता सूर्यालाई ज्यान मार्ने धम्की, बढाइयो घरको सुरक्षा

अमेजन प्राइममा रिलिज भएको फिल्म जय भीम अहिले भारतमा निकै चर्चामा छ । तर, यो फिल्म बढी विवादमा पनि परेको छ । त्यसो त आजभोलि रिलिज हुने फिल्महरु कुनै न कुनै नाममा विवादमा घेरिइरहेका हुन्छन् ।

यो फिल्मका केही सिनहरुबारे आफ्नो आपत्ति रहेको वन्नियार समुदायले आपत्ति जनाएको छ । यसअघि पनि यो फिल्मको एक सिनका कारण निकै ठूलो विवाद भएको थियो ।

वन्नियर समुदायका केही व्यक्तिहरुले यसका कलाकारहरुलाई पनि धम्की दिन थालेका छन् । 

फिल्मका अभिनेता सूर्यालाई पनि बारम्बार धम्की आइरहेको छ । उनलाई धम्की आउने क्रम बढ्न थालेपछि उनको घरको सुरक्षा बढाइएको जनाइएको छ । उनको घरबाहिर अब पाँच जना सुरक्षाकर्मी खटाइएको छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार ६:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया