चार करोड भारुमा बिक्यो ‘प्रेम गीत-३’ को भारत प्रदर्शन राइट

नेपाली कथानक चलचित्र ‘प्रेम गीत-३’को भारत प्रदर्शन राइट बिक्री भएको छ । इम्पोसिबल फिल्म्सले ४ करोड भारतीय रुपैयाँमा यो चलचित्रको राइट खरिद गरेको चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले बताए ।

अब भारतका थिएटर र ओटिटीकाे एमजीमार्फत् नेपाली चलचित्र ‘प्रेम गीत-३’ रिलिज हुनेछ । सन्तोषको महत्वाकांक्षी चलचित्रमा प्रदीप खड्कासँग डेब्यु नायिका क्रिस्टिना गुरुङले स्क्रिन सेयर गर्ने छिन् । उनीहरूका साथमा सुनिल थापा शीर्ष भूमिकामा देखिने छन् ।

कोरोना महामारीका कारण भएको लकडाउनको समयमा सन्तोषले बलिउडका चल्तीका डबिङ आर्टिस्ट लिएर ‘प्रेम गीत-३’ हिन्दीमा डबिङ गराएका थिए । हिन्दी डबिङमा मात्रै ९३ लाख भारु खर्च भएको सन्तोषले जानकारी दिए ।

भारतको राइट्सले चलचित्रमा गरेको लगानी उठेको सुनाउँदै सन्तोषले अब प्रदर्शनको तयारीमा लाग्ने बताए । नेपाल र भारतमा एकसाथ चलचित्र प्रदर्शन गर्ने लक्ष्य रहेको सन्तोषले सुनाए । भारत र नेपालमा एकै मितिमा चलचित्र प्रदर्शन गर्दा प्रचारमा सहज हुने उनको तर्क छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार ११:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया