प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।
आज सर्वोच्चको गेटमा रहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको हो । घटनामा केही कानुन व्यवसायीहरुमाथि हातपात भएको पनि बताइएको छ ।
यसअघि सर्वोच्चमा प्रदर्शन र धर्नामा उत्रिएका कानुन व्यवसायीमाथि बल प्रयोग नगर्न प्रधानमन्त्री देउवाको निर्देशनमा त्यहाँ खटिएका सुरक्षाकर्मीलाई गृहमन्त्री बालकृष्ण खाँणले फिर्ता नै बोलाएका थिए ।
बुधबार सर्वोच्च अगाडि प्रहरी संयमित भएको थियो । तर, आजको धर्नामा प्रहरीले बल प्रयोग गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।