शान्तिपूर्ण आन्दोलनमा दमन गरेको वरिष्ठ अधिवक्ता दाहालको आरोप

वरिष्ठ अधिवक्ता हरिहर दाहालले न्यायालयको शुद्धीकरणका लागि थालेको शान्तिपूर्ण आन्दोलनमा गृह र सर्वोच्च प्रशासनले दमन गरेको आराेप लगाएका छन् ।

गृहमन्त्री बालकृष्ण खाण र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रहरी लगाएर बार नेतृत्वमा काुनन व्यवसायीहरूमाथि लाठी चार्ज गराएर दमन गर्ने प्रयास गरेको बताए ।

जति दमन गरेपनि आन्दोलन नरोकिने उनको दाबी छ । 

आज बिहान प्रहरीले बल प्रयोग गर्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जन, अधिवक्ताहरू कपिल पोखरले, रमण कोइराला, गोपाल सापकोटा लगायत १२ जना घाइते भएका छन् । 

घाइतेहरूको उपचार अन्नपूर्ण अस्पतालमा भइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १२:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया