जबरालाई बल पुग्ने गरी कार्य नगर्न न्यायाधीशलाई आग्रह

सर्वाेच्च अदालत बार एसोसिएसन अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बल पुग्ने गरी कुनै पनि कार्य नगर्न न्यायाधीशहरूलाई आग्रह गरेका छन् । 

बिहीबार दिउँसो साढे १ बजे बस्न लागेको फुलकोर्ट बैठकमा न्यायाधीशहरू सहभागी हुन लाग्दा शाक्यले सो बताएका हुन् । जबरालाई बल पुग्ने कुनै कार्य भएमा आफूहरूलाई स्वीकार्य नहुने उनको भनाइ छ ।

‘न्यायाधीशहरूबाट जबरालाई बल पुग्ने कुनै कदम चालेमा स्वीकार्य हुनेछैन’, उनले भने, ‘उहाँ डुब्दै गएको घाम हो । उहाँलाई साथ दिने पनि डुब्छन् । हामी जितको नजिक छौं ।’

जबराले गोला लिने र सुनुवाइ गर्ने काम भए आपत्तिजनक हुने उनको भनाइ छ । बेन्च सेयर गर्ने इजलासमा बहस नगर्ने अध्यक्ष शाक्यले चेतावनी दिए । 

बिहीबार धर्नामा कानुन व्यवसायी घाइते हुने गरी भएको प्रहरीको बलप्रति उनले आपत्ति जनाए । 

यस्तै, बारका पूर्वअध्यक्ष हरिहर दाहालले बारको आन्दोलनमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने बताए । उनले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरी दमन बन्द गर्न चेतावनी दिए । 



‘प्रहरी हटाउनुस् । गृह प्रशासनसँग मिलेर कुनै अप्रिय घटना भएमा प्रधानन्यायाधीश जबरा जिम्मेवार हुनेछन्’, उनले भने । 

जबराले राजीनामा नदिने भन्दै उनले भने, ‘ सितिमिति जबराले छोड्ने अवस्था छैन । पोखरामा तोकिएको राष्ट्रिय सम्मेलन काठमाडौंमै गरौं । तीन हजार साथीहरू सडकमा राखेर प्रदर्शन गर्न सकियो भने प्रभावकारी हुन्छ ।’



  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १३:३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया