उत्पादनसँग जाेडिएका उद्याेगमा वैदेशिक लगानी बढाउनुपर्छ : मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनु पर्ने बताएका छन् ।

काठमाण्डौंमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले नेपालमा उत्पादनमूलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका हुन् ।

मन्त्री शर्माले भारतमा उत्पादन हुँदै आएको फर्मा ट्याक्टर उत्पादक कम्पनीले नेपालमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकोमा जाेड दिए । उनले भारतबाट आयात गर्ने मात्र नभई नेपालमा नै उद्योग खोलेर बाहिर निर्यात गर्नुपर्ने बताए ।

मन्त्री शर्माले भने, ‘नेपालमा भारतको तुलनामा श्रम सस्तो छ । बिजुली भारतको भन्दा १४ रुपैयाँ सस्तो छ । भारतमा उद्योगले प्रति युनिट २० रुपैयाँ तिर्ने गरेका छन् । तर नेपालमा उद्योग खोले ६ रुपैयाँ प्रति युनिट बिजुली दिन्छौं । उद्योगलाई चाहिने जग्गालगायत अन्य सबै सुविधासहित आवश्यक कर छुट समेत सरकारले दिन्छ । फर्मा ट्याक्टरले नेपालमा कारखाना खोलेर अन्य देशमा निर्यात गर्न मेरो आग्रह छ ।’

नेपालको हावा, पानी र माटो कृषि उत्पादनका लागि प्रशस्त स्रोतहरू भएकाले अब प्रविधिसँग संयाेजन गरी उत्पादन वृद्धि गर्नुपर्ने उनकाे भनाइ छ।

मन्त्री शर्माले भने, ‘अहिले मुलुक आयातमा परनिर्भर हुँदै आएको छ । अब आयातलाई प्रतिस्थापन गर्ने सरकारको उद्देश्य छ । यदि अब नेपालले आफ्नो उत्पादनलाई वृद्धि गर्न सकेन भने कृषिबिना हाम्रो देश र राष्ट्रियता आत्मा निर्भरता सम्पन्नको सपना पूरा गर्न सक्दैनौं । कृषि पर्यटन र जलविद्युत हाम्रा उत्पादनका मुख्य क्षेत्र हुन् । अब हामीले साझा प्रतिवद्धता गरेर जानु पर्ने आवश्यक छ । यो क्षेत्र तत्काल रोजगारी सिर्जना गर्ने क्षेत्र हो । त्यसैले यसमा लगानी बढाउनु पर्छ ।’



कृषि ग्रुप अन्तर्गतको यति टेक्निक फार्मले सार्वजनिक गरेको फर्मा ट्याक्टर युरोपेली प्रविधिको ट्याक्टर हो । यसले नेपालमा कृषिमा आधारित समुदायको गुणस्तरमा सुधार हुने र उद्यम, उद्यमशीलतामा विकास हुने पनि अर्थमन्त्री शर्माले बताए ।



  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १३:६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया