बारले बोलायो आकस्मिक बैठक

शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ । 

महासचिव लीलामणि पौडेलका अनुसार बैठकमा बार पदाधिकारी, सल्लाहकार र उपत्यकामा रहेका बार इकाइका प्रतिनिधिहरू सहभागी हुने छन् । 

बैठक केही बेरपछि एसोसिएसनको कार्यालयमा हुने बताए । आज बिहान सर्वोच्च परिसरमा कानुन व्यवसायीहरूमाथि प्रहरीको दमन भएको थियो । सो क्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन् । 

उनीहरूको उपचार अन्नपूर्ण अस्पतालमा भइरहेको छ । प्रहरी दमनपछि वरिष्ठ अधिवक्ता हरिहर दाहालले गृह प्रशासन र सर्वोच्च अदालत प्रशासनबाट शान्तिपूर्ण आन्दोलनमा दमन भएको भन्दै बार अझ सशक्त आन्दोलनमा जाने चेतावनी दिए । 





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १३:८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया