जुम्ल्याहा सन्तानकी आमा बनिन् प्रीति जिन्टा

बलिउड अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छन् । उनले जुम्ल्याहा सन्तानलाई जन्मदिएकी छिन । बिहीबार प्रीतिले दुई सन्तान जन्माएको खुसी उनका श्रीमान् जिन गुडइनफले व्यक्त गरेका छन् ।

प्रीतिले आमा बन्दाको खुसी सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकसँग शेयर गरेकी छन् । उनी लेख्छिन्, ‘जीन र म अत्यन्तै हर्षित छौं र हाम्रो हृदय कृतज्ञता र मायाले भरिएको छ । हामीले हाम्रा जुम्ल्याहा बच्चा जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई हाम्रो संसारमा स्वागत गरेका छौं । जीवनको यो नयाँ चरणलाई लिएर उत्साहित छौं ।’

सेरोगेसीबाट बच्चा जन्माएका प्रीति र जिनले सेरोगेट र डाक्टरलाई पनि धन्यवाद दिएका छन् । प्रीतिले लेखेकी छिन्, ‘यो अविश्वसनीय यात्राको हिस्सा भैदिएकोमा डाक्टर, नर्स र हाम्रो सेरोगेटलाई हार्दिक धन्यवाद, प्रीति–जिन, जय र जियाको तर्फबाट !’

प्रीति र जिनले सन २०१६ को फ्रेबुअरीमा विवाह गरेका थिए । 





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १३:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया