प्रधानन्यायाधीश सबैबाट बहिस्कृत भएः सर्वोच्च बार अध्यक्ष

सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरले राजीनामा दिएपछि मात्रै न्यायालयको सेवा प्रवाह सुचारु हुने बताएका छन् ।
राजीनामा नहुञ्जेल कानुन व्यवसायीहरु आन्दोलनमा नै रहने उनले बताएका छन् । आज भएको आकस्मिक बैठकपछि आयोजित पत्रकार सम्मेलनमा शाक्यले बारको आन्दोलन प्रधानन्यायाधीशको बहिर्गनका लागि भएको स्पष्ट पारे । 

न्यायाधीशबाटै बहिस्कृत भएको, कानुन व्यवसायीबाट बहिस्कृत भइसकेको र विभिन्न पेशागत संगठनबाट पनि बहिस्कृत हुँदै गएको सन्दर्भमा उच्चस्तरीय राजनीतिक संयन्त्रले पनि न्यायपालिकाबाट समस्याको समाधान हुनुपर्छ भनेकाले जबराको बहिर्गमन नै आवश्यक रहेको उनले बताएका हुन् ।

उनले प्रधानन्यायाधीश जबराको बहिर्गमन जति छिटो हुन्छ, त्यति छिटो न्यायालयको सुधार हुने दाबी गरेका छन् ।

अधिवक्ता रक्षा बस्यालले भने न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि जबरा बाधक भएकाले राजीनामा माग्दै आन्दोलित हुनुपरेको बताएकी छिन् ।






  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १५:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया