बार अध्यक्षले भने : प्रधानन्यायाधीश/न्यायाधीशको सम्पति विवरण सार्वजनिक हुनुपर्छ

उपचारपछि डिस्चार्ज भएका नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश र न्यायाधीशहरूको सम्पति विवरण सार्वजनिक हुनैपर्ने बताएका छन् ।

त्यसो हुँदा मात्रै पैतृक र कमाइएको सम्पति कति भन्ने थाहा हुने उनले बताए । जसले गर्दा पनि पेसी  व्यवस्थापनमा अटोमेसन प्रणालीको प्रयोग गर्नुपर्ने न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदनमा उल्लेख भएको उनले बताए ।

‘न्याय बेचविखन गर्ने काम रोक्न अटोमेसन प्रणाली ल्याउनुपर्छ । प्रधानन्यायाधीशले विचौलिया पालिरहेको थाहा थियो र सोहीकारण गोलाप्रथाबाट भनेका हौं । उहाँले गोलाप्रथाबाट पेशी व्यवस्थापन सुरु गर्ने भन्नुहुन्छ । तर, न्याययाधीशहरुलाई कार्यान्वयन सकिन्नँ, यसले न्यायालयलाई भड्खालोमा हाल्छ भन्नुहुन्छ’, पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भने, ‘अदालतमा हुँदै आएको विकृति÷विसंगती छ भन्ने प्रतिवेदनलाई रद्धिको टोकरीमा फाल्ने काम भएको छ ।’

अटोमेसन वा गोलाप्रथाबाट पेसी व्यवसथापन नगर्दा प्रधानन्यायाधीश जबरा विचौलिया र भ्रष्टाचारको नाइके भएको पुष्टि भएको पनि अध्यक्ष श्रेष्ठले बताए । 

उनी प्रहरीको लाठी चार्जबाट आज बिहान सर्वोच्च परिसरमा घाइते भएका थिए । श्रेष्ठको माइतीभरमा रहेको अन्नपूर्ण हस्पिटलमा उपचार भएको छ । 

उपचारपछि फर्केर पत्रकार सम्मेलन गरेका जबराले प्रहरीले शान्तिपूर्ण आन्दोलन गरिरहँदा लाठी चार्ज गरको बताए ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार १६:२३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया