मिस वर्ल्ड २०२१ मा भाग लिन नम्रता शनिबार अमेरिका जाने

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ आगामी शनिबार मिस वर्ल्ड २०२१ मा भाग लिन अमेरिका जाने भएकी छिन् । अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुने मिस वर्ल्डका लागि उनी नोभेम्बर २० अर्थात् मंसिर ४ गते त्यसतर्फ उड्न लागेकी हुन् ।

मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी दिएको हो । मिस नेपाल विजेताहरू प्रतियोगिताका लागि तयार रहेको आयोजकको भनाइ छ । 

कार्यक्रममा नम्रताले ५० लाख लगानीमा धादिङमा निर्माण गरेको पुलसम्बन्धी डकुमेन्ट्र देखाइएको थियो । केही दिन अगाडि नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ र द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार २०:३१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया