पूर्वमा‌ओवादीको दाबी : एक वरिष्ठ उपाध्यक्ष, दुई सचिव र २५ केन्द्रीय सदस्य
फरकधार / २ मंसिर, २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेर एमालेमा समाहित भएको समूहले एक वरिष्ठ उपाध्यक्ष, दुई सचिवको दाबी गरेको छ । माओवादीबाट एमालेमा समाहित भएको समूहले छुट्टै बैठक गरेर सहमतिमा नेतृत्व चयन गर्दा एक वरिष्ठ उपाध्यक्ष, दुई सचिव र २५ केन्द्रीय सदस्यको दाबी गर्ने निर्णय गरेको हो ।



रामबहादुर थापा बादलसहितका ८ जना नेताको बैठकले उक्त प्रस्ताव एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष लाने निर्णय गरेको हो । उक्त बैठकको नेतृत्व थापाले गरेका थिए । उनीसहितका आठ नेताहरूको छुट्टै बैठकले आफूहरू स्थान सुरक्षित गर्न उक्त प्रस्ताव अध्यक्ष ओलीसमक्ष लैजाने निर्णय गरेको हो ।

बैठकले वरिष्ठ उपाध्यक्षमा थापा र सचिवमा प्रभु साह र लेखराज भट्टाको नाम प्रस्ताव गरेको हो । त्यस्तै, अन्य नेता कार्यकर्ता व्यवस्थापनका लागि आफूले २५ केन्द्रीय सदस्य पाउनुपर्ने उनीहरूको दाबी छ ।



पार्टी अध्यक्ष ओलीले १०औँ महाधिवेशनबाट सहमतिका आधारमा नेतृत्व चयन गर्ने बताइरहेका छन् । एमाले १० औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्दै छ । चितवनको नारायणी किनारमा यही मङ्सिर १० गते उद्घाटन र ११ र १२ गते सौराहामा बन्दसत्र हुने छ । अहिले एमालेले अधिवेशनको तयारीलाई तीव्र पारेको छ ।



  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार २०:३४:२०,   अन्तिम अपडेट : मंसिर २, २०७८ बिहीबार २०:५३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया