खाने
- दैनिक खानामा ३०–३० प्रतिशत सलाद र उसिनेको खानेकुरा तथा ४० प्रतिशत नियमित खानाको अनुपात मिलाएर खाने हो भने थाइराइडको समस्या कम गर्न सकिन्छ ।
- सलादमा प्याज, काक्रो, गाँजर, भिजाइएको गेडागुडी खान सकिन्छ । त्यस्तै, उसिनेको खानेकुरामा आलु, तरुल र सखरखण्ड आदि खान सकिन्छ ।
- साथै, अन्न, दाल, दूधजन्य खानेकुरा, माछा, अन्डा, च्याउ, ओखर, बदाम, नट्स, फलफूल, अदुवा, जुस, ग्रिन टी र प्रशस्त पानी खानपिउन सकिन्छ । यस्ता खानेकुराले शरीरमा मेटाबोलिज्मको मात्रालाई नियमित गर्न सघाउ पु-याउँछन् ।
नखाने
- सोयाबिन र यसबाट बन्ने खानेकुरा खानुहुँदैन । सोयाबिनको तेलले शरीरमा थाइराइड हर्मोनमा कमी ल्याउँछ ।
- सेतो आटाबाट बनेका पाउरोटी, बे्रेड, पिज्जा र बर्गर आदि ग्ल्युटिन तत्व भएका खानेकुरा सकेसम्म खानुहुँदैन । अझ औषधि सेवन गरिरहेकाले त ग्ल्युटिनयुक्त खानेकुरा खानैहुँदैन । खाएमा औषधिको प्रभाव घटाउनुका साथै शरीरमा पोषणको कमी हुन्छ ।
- फुलगोभी र बन्दागोभीले शरीरमा आयोडिनको कमी गराउँछ । यसर्थ, आयोडिनको कमीका कारण थाइराइडको समस्या हुने भएकाले यस्ता तरकारी सेवन गर्नुहुँदैन ।
- शरीरमा मेटाबोलिज्मको कमी हुनेले चिनी सेवन गर्नुहुँदैन । त्यस्तै, जंकफुड, तेलमा तारेका मैदाबाट बनेका र प्याकेटका खानेकुरा खानुहुँदैन ।
-
प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।