हाम्राे स्वास्थ्य
पुरुषलाई पनि हुन सक्छ स्तन क्यान्सर !

काठमाडौं– सामान्यतया मानिसहरु स्तन क्यान्सरको खतरा महिलालाई मात्र हुने सोच्छन् । तर स्तन क्यान्सर महिलालाई बढी हुने भएपनि पुरुषलाई पनि स्तन क्यान्सरको खतरा हुने गर्छ । 

पुरुषमा हुने स्तन क्यान्सर महिलाको भन्दा धेरै जटिल हुन्छ । सामान्यतया उमेर धेरै भएका व्यक्तिहरुलाई यसको बढी खतरा हुन्छ । पुरुषको वक्षस्थलमा मासु धेरै हुँदैन यसकारण ब्रेस्टको ट्युमर सहजै पत्ता लगाउन सकिन्छ । 

पुरुषमा सबैभन्दा धेरै डक्टल कर्सीनोमा ट्युमर हुने गर्छ । 

पुरुषका केही कुराहरुले स्तन क्यान्सरको खतरालाई बढाउँछ । ब्रेस्ट क्यान्सरबाट बच्न पुरुषले सावधानी अपनाउन जरुरी छ । 

कलेजोको बिरामी भएका पुरुषलाई स्तन क्यान्सर हुने खतरा धेरै हुन्छ । जुन पुरुषमा बिआरसिए जीन वा क्लिन सेल्टर सिन्ड्रोम हुन्छ उनीहरुमा स्तन क्यान्सर हुने सम्भावना अत्यन्त उच्च हुन्छ । 

यो बाहेक फ्याटी लिभर र लिभर सिरोसिसको लामो समयसम्म उपचार नगरे स्तन क्यान्सर हुन सक्छ । 



१. रेडियसनको सम्पर्कमा आउँदा 

कतिपय रोगहरुको उपचार गर्दा रेडियसन थेरापीको प्रयोग गरिन्छ । यो थेरापीको कारण स्तन क्यान्सरको खतरा बढ्छ । यदि तपाईले कुनै रोगको उपचार गर्दा रेडियसन थेरापीको सहारा लिनुभएको छ भने भविष्यमा स्तन क्यान्सर हुने सम्भावना बढ्दै जान्छ । 



२. उमेर 

उमेर बढ्दै जाँदा पनि पुरुषमा स्तन क्यान्सर हुन सक्ने खतरा रहन्छ । सामान्यतया ४० देखि ६० वर्षसम्म पुरुषमा क्यान्सरको धेरै खतरा हुन्छ । यसका कारण उमेरको यो समयमा आइपुग्दा खानपान, जीवनशैलीलाई स्वस्थ र व्यवस्थित बनाउन जरुरी छ । यसका साथै आफ्नो तौल, ब्लड प्रेसर, ब्लड सुगर र कोलेस्ट्रोल कन्ट्रोल राख्नु पर्छ । 

३. मोटोपन 

मोटोपन धेरै रोगहरुको कारण बनेको हुन्छ । पुरुषमा मोटोपनका कारण स्तन क्यान्सरको समेत सम्भावना रहन्छ । मोटोपनको कारण शरीरमा फ्याट सेल्सको संख्या बढ्छ र पछि गएर त्यो ट्युमरको कारण बन्न सक्छ । यो बाहेक फ्याट सेल्सले शरीरमा एस्ट्रोजनको मात्रा बढाउँछ, जुन पुरुषमा हुने ब्रेस्ट क्यान्सरको प्रमुख कारण हो । 

४. मद्यपान तथा धुमपान

अल्कोहल सेवन गर्ने बानी भएका पुरुषलाई स्तन क्यान्सर हुने सम्भावना अत्याधिक हुन्छ । यो बाहेक धुमपान गर्ने पुरुषलाई १०० भन्दा धेरै रोगहरुको कारण बन्न सक्छ । स्तन क्यान्सरबाट बच्न धुमपान तथा मद्यपानको प्रयोगलाई शुन्य बनाउनु पर्छ । 

स्तन क्यान्सरको कारण छातीमा असहज महसुस हुन्छ । स्तनको आकारमा परिवर्तन आएमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । 
 

  • प्रकाशित मिति : कात्तिक २८, २०७५ बुधबार ११:३०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया