अमेजनको जंगल फडानी १५ वर्ष यताकै तीव्र

ब्राजिलमा जंगल फडानी तीव्र रूपमा भइरहेको छ । अमेजनको जंगल फडानी १५ वर्ष यताकै सबैभन्दा ठूलो भएको अधिकारीहरूले बताएका छन् । ब्राजिलको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार ब्राजिलमा एक वर्षमा जंगल फडानी २२ प्रतिशतले बढेको छ ।

यसै साता सम्पन्न कोप सम्मेलनमा ब्राजिललगायत विभिन्न देशहरूले सन् २०३० सम्ममा वन फडानी रोक्ने प्रतिबद्धता जनाएका थिए । अमेजन करिव ३० लाख प्रजातिका वनस्पति र जनावर तथा १० लाख आदिवासी मानिसहरूको घर हो । 

पछिल्लो तथ्यांकअनुसार सन् २०२० देखि सन् २०२१ को अवधिमा अमेजनमा १३ हजार २३५ वर्ग किलोमिटर क्षेत्रको जंगल मासिएको छ । यो सन् २००६ पछिकै ठूलो वन विनाश हो । 

तथ्यांकले चुनौती दिएको र जंगल विनाशजस्तो अपराध रोक्न कठोर कानुन आवश्यक भएको त्यहाँका वातावरणमन्त्रीले बताएका छन् ।  तर, तथ्यांकले पछिल्लो महिना सरकारले गरेको पहललाई नसमेटेको उनले बताए । 

राष्ट्रपति जैन बोल्सोनारो सत्तामा पुगेपछि अमेजनको जंगल विनाशमा तीव्रता आएको विज्ञहरूले बताउँदै आएका छन् । बोल्सोनारोले जंगलमा कृषि र खानीजन्य गतिविधि सञ्चालन गर्न प्रोत्साहन दिँदै आएका छन् ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ९:२२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया