गोलाप्रथाबाट पेशी व्यवस्थापनसम्बन्धी नियमावली र निर्देशिका कानुन मन्त्रालय पठाउने तयारी

सर्वोच्च अदालतको फुलकोट बैठकले निर्णय गरेअनुसार गोलाप्रथाबाट मुद्दाको पेशी व्यवस्थापन गर्न संशोधित नियमावली र निर्देशिका आज राजपत्रमा प्रकाशित गर्ने तयारी भएको छ ।
 
त्यसअघि सर्वोच्चले संशोधित नियमावली र निर्देशिकालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउन लागेको छ । त्यसपछि भने राजपत्रमा प्रकाशन हुनेछ । प्रकाशन भएपछि गोलाप्रथाबाट मुद्दाको पेशी व्यवस्थापन हुनेछ ।
 
बिहीबार बसेको न्यायाधीशहरूको बैठकले अदालतमा देखिएको भ्रष्टाचार, विकृति र विसंगति नियन्त्रणका लागि भन्दै गोलाप्रथाबाट पेशी व्यवस्थापन गर्ने निर्णय गरेको थियो । बैठकमा भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा थिएनन् ।
 
गोलाप्रथाबाट पेशी व्यवस्थापन गर्दा न्यायालयमा देखिँदै आएको विकृति विसंगति नियन्त्रण हुने न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १२:४१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया