अभिनेत्री पूजासँग मुस्ताङमा भेटिए गायक रोशन अधिकारी

गायक रोशन अधिकारी नयाँ गीत लिएर बजारमा आएका छन् । उनको स्वरमा पछिल्लोपटक ‘रित्तो रित्तो’ बोलको गीत सार्वजनिक भएको हो । दिग्गज धोरालीले लेखेको सार्वजनिक गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन् ।

द डिभाइन म्युजिकसँग नेपः सिनेको सहकार्यमा गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्यूजिक भिडियोमा अभिनेत्री पूजा शर्मासँग गायक रोशन अधिकारीले स्क्रिन शेयर गरेका छन् । मुस्ताङमा छायांकन गरिएको भिडियोमा पूजा र रोशन निक्कै रोमान्टिक देखिएका छन् ।

भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियो सम्पादन विकास दाहालले गरेका हुन् ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १३:१९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया