डिशहोम १२खरी कथा लेखन प्रतियोगितामा न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम

मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ शीर्षकको कथाले डिशहोम १२खरी कथा लेखन प्रतियोगिताको प्रथम पुरस्कार जितेको छ ।  बाह्रखरी मिडियाले आयोजना गरेको तेस्रो डिशहोम १२खरी कथा लेखन प्रतियोगितामा स्वप्निल नीरवको ‘बुढो घर’ कथा दोस्रो भएको छ । त्यस्तै रेणुका जिसीको ‘मुडुली’ कथा तेस्रो भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री डा. मीनेन्द्र रिजालले विजेतालाई पुरस्कार वितरणका छन् । मन्त्री रिजालले प्रथम, द्वितीय र तृतीयलाई क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँसहित सम्मान गरेका थिए । उक्त कार्यक्रममा उत्कृष्ट २२ कथाकारहरूलाई पनि प्रमाणपत्रसहित पाँच/पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

साथै सोही कार्यक्रममा प्रतिस्पर्धामा आएका कथाहरूमध्ये उत्कृष्ट २५ कथाको सँगालो ‘उत्कृष्ट कथा-२०७८’ को पनि लोकापर्ण गरिएको छ ।

यस वर्षका उत्कृष्ट २२ कथाकारहरूमा आन अच्युत, कमल नेपाल, डा. गोविन्दसिंह रावत, चन्द्र पन्जियार, जीवन खत्री, डीके विरही, तिलक राई, त्रिभुवनचन्द्र वाग्ले, बुद्धिराज पाण्डे, मनोहर पोखरेल, महेन्द्र उपाध्याय रहेका छन् ।

त्यस्तै, मोद ढकाल, डा. राजु अधिकारी, वीरसिंह विश्वकर्मा, विशालबाबु बस्नेत, शारदा पराजुली, श्रेयज सुवेदी, सञ्जय भट्टराई, सपना अधिकारी, सरिता अर्याल, साजन केसी र हरिबोल काफ्ले छन्।

प्रतियोगितामा प्राप्त ४०० बढी कथाहरूमध्येबाट ५० वटा कथा चयन गरी बाह्य निर्णायक समितिलाई बुझाइएको थियो । उक्त ५० कथाहरू मध्येबाट समितिले उत्कृष्ट २५ कथासहित प्रथम, द्वितीय र तृतीय घोषित गरिएको हो ।



१२खरी बुक्सले कथा चयनका लागि आन्तरिकतर्फ बाह्रखरीका कार्यकारी सम्पादक गोविन्द अधिकारीको संयोजकत्वमा समिति र बाह्य मूल्यांकनमा वरिष्ठ आख्यानकार नारायण ढकाल संयोजक तथा समालोचक कुमारी लामा र कथाकार विवश पोखरेल सदस्य रहेको निर्णायक समिति गठन गरेको थियो ।




  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १५:४२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया