नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७७७ नमुनाको पिसिआर र १ हजार १९५ जनाको एन्टिजेन गरी कुल ८ हजार ९७२ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ रहेको छ ।
पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।