गोलाप्रथाबाट पेशी व्यवस्थापन गर्ने फुलकोर्ट बैठकको निर्णयपछि नियमित सुनुवाइमा आज फर्किएका न्यायाधीशहरूले ४१ वटा मुद्दालाई तामेलीमा राखेका छन् ।
मुद्दा दर्तापछि अर्को पक्षलाई मुद्दा सम्बन्धमा भनाइ राख्न र निश्चित अवधिभित्र सबुद प्रमाणसहित अदालतमा उपस्थित हुन सूचना दिने प्रक्रियालाई तामेली भनिन्छ ।
न्यायाधीशहरू दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले पाँच, न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले चार र न्यायाधीशद्वय हरिकृष्ण कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले १२ मुद्दालाई तामेलीमा राखेको हो ।
विश्वम्भर श्रेष्ठ र टंकबहादुर मोक्तानको इजलासले ६, डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले तीन, अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानको इजलासले चार र वमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्माको इजलासले तीनवटा मुद्दालाई तामेलीमा राखेको हो ।
तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले पनि चारवटा मुद्दालाई तालेमलीमा राखेको छ ।
सिन्हा र मल्लको जबर्जस्ती करणसम्बन्धी मुद्दा फिर्ता गर्न आदेश दिएको छ । अर्को एउटा मुद्दाको पुनरावेदन फिर्ता हुने भनेको छ ।
धनबहादुर तामाङ र चक्रबहादुर तामाङले दायर गरेको बन्दीप्रत्यक्षीकरण मुद्दाको भने न्यायाधीशद्वय भट्टराई र रेग्मीको इजलासले रिट खारेज गरिदिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।