नेपालको प्रारम्भिक राष्ट्रिय पुरुष भलिबल टोली घोषणा, ३ खेलाडीको पुनरागमन

बंगलादेशको ढाकामा आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको लागि नेपालको प्रारम्भिक राष्ट्रिय पुरुष भलिबल टोली घोषणा भएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको छनोटमा सहभागी ३३ मध्ये २० जनालाई समेट्दै पुरुष टोलीका डच प्रशिक्षक हान एबिङले प्रारम्भिक टोली घोषणा गरेका हुन्  ।

मानबहादुर श्रेष्ठ, दिलबहादुर सुनार र भैरव बमले पुनरागमन गर्दा झमन सिंह दर्जी र धीरज बस्नेत पहिलोपटक प्रारम्भिक टोलीमा पर्न सफल भएका छन् ।  

बन्द प्रशिक्षणमा छनोट भएका २० खेलाडी

इम बहादुर राना, हरि थापा, दुर्गा महतो, दुर्गाबहादुर खड्का, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, राजेन्द्र विष्ट, टेकराज अवस्थी, विजय थापा, दिलबहादुर सुनार, हरि बहादुर अधिकारी, भैरव बम, दिपकराज जोशी, विशाल विक, सरन सामरी क्षेत्री, रविन चन्द, झमनसिंह दर्जी, विनोद चन्द, इश्वर थापा र धिरज बस्नेत ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १६:३४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया