यी हुन् मन्त्रिपरिषद्ले गरेका ११ निर्णय

सरकारले आगामी माग १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरिएको जानकारी दिएका हुन् । 

सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रहरुको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पढाउने प्रस्ताव पनि स्वीकृत गरेको छ । 

त्यसैगरी नायव महालेखा परीक्षकमा बाबुराम सुवेदी, सह-महालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर एकाउन्टेन्टस् संस्थाको पार्षदमा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । 

मन्त्रीपरिषद् बैठकले एशीयन–अफ्रिकन लिगल कन्सलटेटिभ अर्गनाइजेसनको ५९ औं वार्षिक सभामा भाग लिन कानून, न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने प्रस्ताव पनि स्विकृत गरेको छ । 

रक्षामन्त्री डा. मिनेन्द्रप्रसाद रिजाल नेतृत्वको प्रतिनिधिमण्डललाई दक्षिण कोरियामा हुने यूएन पिस किपिङ मिनिष्ट्रियल मिटिङमा भाग लिन पठाउने प्रस्ताव स्वीकृत गरिएको छ । 



मन्त्रीपरिषद् बैठकले मोरक्कोमा हुने इन्टरनेशनल एक्जुक्यूटिभ काउन्सिल अफ आईईसी सम्मेलनमा सिंचाई सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृति दिएको छ । 

एशियाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्विकार गर्ने निर्णय गरेको छ । 



यस्तै, नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा डा. श्यामसुन्दर यादव, भिमसिंह  तिङ्करी  र डा. गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको प्रवक्ता कार्कीले बताए ।

मन्त्रीपरिषद् बैठकले पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमती प्रदान गरेको छ । 

पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका लागि समिति गठन गर्ने निर्णय पनि गरिएको छ । 

संक्रमण पशुरोग  नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमती मन्त्रीपरिषद् बैठकले दिएको मन्त्री कार्कीले जनाए ।

  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १६:५४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया