रक्षामन्त्री डा. मीनेन्द्र रिजालले साहित्यले समाजको यथार्थ चित्रण गर्न बताएका छन् ।
शुक्रवार ‘१२ खरी कथा लेखन प्रतियोगिता –२०७८ विजेता घोषणा तथा पुस्तक विमोचन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले साहित्यले समाजको विकासक्रमको यथार्थ चित्र प्रस्तुत गर्ने बताएका हुन् ।
उनले तत्कालीन समयको सामाजिक अवस्था, समृद्धि, राजनीति, ज्ञान विज्ञानका कुराको प्रतिविम्ब सम्बन्धित विषयसँग सम्बन्धित पुस्तकले भन्दा साहित्य र साहित्यका पात्रहरूले साँचो अर्थमा दिने उल्लेख गरे ।
‘आफ्नो विचारलाई, भनाईलाई बलियो साथ प्रस्तुत गर्न अथवा समाजको विकासको क्रममा समाज यहाँनिर उभिएको छ भनेर देखाउनका लागि, बताउनका लागि सहज रुपमा त्यहाँको साहित्यका पात्रहरू, साहित्य, साहित्य कुन सीमा र परिधि स्वीकारेर लेखिए त्यसले समाजलाई कसरी ऐनाझैँ चित्रित गरेको छ भन्ने कुरा लगायत समृद्धिको, राजनीतिको, राजनीति शास्त्रको, नीति, ज्ञान विज्ञानको कुरा लेख्ने बेलामा समाज कसरी थियो, कहाँ थियो भन्ने क्रममा सिधै त्यसबेला पाइएको डेटा, त्यसबेला लेखिएको त्यही विषयको कुराभन्दा त्यहाँ भएको साहित्य, लेखन, उपन्यासले साँचो अर्थमा त्यो ऐना दिन्छ’ उनले भने ।
उनले समकालीन साहित्यले समाजको समग्र पाटोबारे अध्ययन गर्ने एउटा बलियो र गहिरो आँखा दिने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।