अन्डरवेयरमा लुकाएर ल्याएको दुई किलो सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुबईबाट शुक्रबार बिहान काठमाडौं ओर्लिएका दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनीलाई कट्टुभित्र एक/एक किलो लेदो अवस्थामा पोको पारेर राखिएको सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेश बाँस्तोलाले जानकारी दिए ।

सुन ल्याउने दुवै जना वैदेशिक रोजगारीका सिलसिलामा गएको र नेपाल आउँदा भारतीय नागरिकले पठाएको बयान दिएका छन् ।

'अन्दाजी दुई किलो हो । भन्सारमा बुझाउँदैछौँ,' एसएसपी बाँस्तोलाले भने, 'इण्डियनले पठाएको भनेका छन् । थप अनुसन्धान हुँदैछ ।' 

उनकाअनुसार दुवै जनाले भित्रि वस्त्र अन्डरवेयरभित्र कपडाको सेनिटेरी प्याडजस्तो बनाएर सुन विमानस्थलको एक्सरे मेसिन पार गराएका थिए । तर पार्किङ स्थलमा अस्वभाविक हाउभाउ देखाएपछि प्रहरीले खानतलासी गर्दा सुन फेला परेको हो । - न्युज कारखाना





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १७:१६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया