धनुषामा ३ वर्षीया बालिका बलात्कारको आरोपमा ७५ वर्षीय साधु पक्राउ

धनुषामा ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७५ वर्षीय एक साधुलाई पक्राउ  गरेको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ को इच्छापुरस्थित एक मन्दिरमा शुक्रबार बिहान खेल्न गएकी एक बालिकालाई बलात्कार गरेको आरोपमा साधुलाई प्रहरीले पक्राउ गरेको हो । 

धनुषाको धनुषाधाम नगरपालिका–६ घर भई ३/४ दिनदेखि सोही मन्दिरमा बस्दै आएका ७५ वर्षीय साधु शिबजी रामले ती बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । 

प्रहरी निरिक्षक सुनारका अनुसार ७५ वर्षीय रामले बालिकालाई मन्दिर प्राङ्गणमा कुनामा लगेर जबर्जस्ती करणी गरेको पीडितको परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएका थिए ।

उजुरीका आधारमा रामलाई प्रहरीले पक्राउ गरेर जबर्जस्ती करणीसम्बन्धी कसुरमा मुद्दा चलाएको छ । उनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने पीडित बालिकाको परिवारको निगरानीमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार १८:३०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया