एमाले महाधिवेशनः पूर्वमाओवादीबाट को को हुन् सचिवका आकांक्षी ?

१० मंसिरमा सुरु हुने एमालेको दशौं महाधिवेशनको रौनक अब छाइसकेको छ । विशेषगरि १५ सदस्यीय पदाधिकारीका आकांक्षी धेरै भएकाले पनि एमाले दशौं महाधिवेशनको रौनक अहिले बढेको हो । 

आकांक्षी धेरै भए पनि अहिलेसम्म कुनै पनि नेताले स्पष्टरुपमा पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छैनन् । 

केही नेताहरुले आफूनिकटहरुलाई सामाजिक सन्जालमा विभिन्न पोस्टर बनाएर राख्न लगाएका छन् । तर, अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व सर्वसम्मत गरौँ भन्ने प्रस्ताव राखेकाले कसैले पनि यसबारे खुलेर घोषणा गरिसकेका छैनन् । 

एमालेमा माओवादी केन्द्रबाट आएका र माधवकुमार नेपालको साथ छाडेका नेताहरुले विभिन्न पदमा दाबेदारी गरेका छन् । पूर्वमाओवादी नेताहरुले त रामबहादुर थापा बादलको नेतृत्वमा बैठक गरेर नै आफूहरुलाई एक वरिष्ठ उपाध्यक्ष, दुई सचिव र २५ केन्द्रीय सदस्यको दाबी गरेका छन् । 

उनीहरुको दाबीअनुसार माओवादी केन्द्रबाट एमालेमा आएका बादलले वरिष्ठ उपाध्यक्षको दाबी गरेका हुन् । यही पदको दौडमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल पनि रहेका छन् । पूर्वमाओवादीबाट उपाध्यक्षमा पनि एक जनाको दाबी परेको छ ।

त्यस्तै, पूर्वमाओवादीले दाबी गरेको दुई सचिव को हुन् त ? 



‘टोपबहादुर रायमाझी र लेखराज भट्ट दुवै जना सचिव हुनु पर्नेमा उहाँहरुको जोड रहेको बुझिएको छ,’ नेकपा एमालेमा अध्यक्ष ओलीसँग निकट एक नेताले फरकधारसँग भने, ‘उहाँहरुले सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने कुरालाई जोड दिनु भएको छ अनि आफूहरुलाई पदाधिकारीमा ४ जना चाहिने दाबी उहाँहरुको छ ।’ 

ती नेताका अनुसार उपाध्यक्षमा पूर्वमाओवादीले अगाडि सारेको नाम प्रभु साहको हो । 



  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ६:३७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया