क्रिकेट खेलाडी सम्मानित

कञ्चनपुर– राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज सम्मान गरेको छ । नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले एक लाख एक हजार १ सय ११ नगद रकम सम्मानपत्रसहित खेलाडी भण्डारीलाई सम्मान गरेका हुन् । 

खेलका माध्यमबाट नगरपालिकाको नाम उच्च राख्ने कार्य गरेकाले खेलाडी भण्डारीलाई सम्मान गरेका छौँ । नगरप्रमुख ऐरले भने, ‘प्रतिभावान् खेलाडीको मनोबल उच्च राख्नका लागि यस्ता कार्यक्रमले सघाउ पुर्याउँछ ।’ 

खेलाडी भण्डारीले सम्मान हुन पाउँदा निकै खुसी भएको बताए । खेल मैदान बनाएर प्रतिभावान् युवालाई खेलप्रतिको आकर्षण बढाउन सकिने उनले बताए । 

कैलालीको धनगढीमा आयोजना गरिएको डिपिएल दुईमा क्रिकेट खेलाडी भण्डारी मोस्ट भ्यालुएबल प्लेयर घोषित भई गोल्डन बुट जितेका थिए । भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका छन् । 
 





  • प्रकाशित मिति : कात्तिक २८, २०७५ बुधबार १६:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया