कांग्रेस मकवानपुरको प्रदेश सभा क्षेत्रको निर्वाचन शुक्रबार सम्पन्न भएको छ । मकवानपुरमा २ प्रतिनिधिसभा क्षेत्र अन्तर्गतको ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । प्रत्येक क्षेत्रमा २५ जनाको निर्वाचन भएको हो ।
जिल्लाकाे ४ क्षेत्रमा ७ जनाले प्यानलसहित उम्मेदवारी घोषणा गरेका थिए । जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा प्यानल समर्थित र संस्थापनइतर रामचन्द्र पौडेल प्यानलका उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिए तापनि देउवा पक्ष बलियो भएको पुष्टि भएको छ ।
मकवानपुरमा सबै क्षेत्रको शनिबार बिहान आएको नतिजा अनुसार देउवाको खास मान्छेको पहिचान बनाएका जिल्ला सभापति इन्द्र बानियाँ पक्षका ३ सभापति निवार्चित भएका छन् । यस्तै एक जना सभापति निर्विरोध भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।