कांग्रेस अधिवेशन : बानियाँको फराकिलो जित

मकवानपुरको प्रदेश सभा क्षेत्र नम्बर १ (ख) मा राजेश बानियाँ सभापतिमा निर्वाचित भएका छन् । उनी हेटौंडा-५ का निर्वाचित वडा अध्यक्ष समेत हुन् । उनले १७७ मत पाएका छन् ।

उनका प्रतिष्पर्धी रमेशध्वज कार्कीले ८३ मत ल्याएका थिए । (ख)मा बानियाँ र कार्की प्यानलसहित चुनावी मैदानमा आएका थिए । निर्वाचनमा दलित प्रदेश प्रतिनिधिमा कृष्ण नेपाली र अल्पसंख्यकबाट सविन भट्टराई भने निर्विरोध भएका थिए ।

यस्तै उपसभापतिमा विनोद शर्मा र शुक्रराज जाेशी विजयी भएका छन् । उनीहरूले क्रमश: १६० र १५६ मत प्राप्त गरेका थिए ।

यसैगरी सचिवमा गोकर्ण सुवेदी र प्रदीप कंडेल विजयी भएका छन् ।

सहसचिवमा केदार प्रसाद ढोडारी र सानुकान्छा दोङ निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ९:५९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया